विराटनगरबाट १८ किलो गाँजा बरामद
विराटनगर | माघ १५, २०७९
विराटनगर: विराटनगरबाट प्रहरीले आइतबार बिहान अन्दाजी १८ किलो गाँजा बरामद गरेको छ।
विराटनगर महानगरपालिका–६ र ११ को सिमानास्थित केशलिया नहरबाट प्रहरीले मोटरसाइकलसहित लागूऔषध गाँजा बरामद गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीलाई देख्नासाथ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १३ प ४६६८ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएका थिए।
मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
उनका अनुसार मोटरसाइकलमै रहेको झोलाभित्र २१ वटा पोका गाँजा भेटिएको थियो। सबै गरेर लगभग १८ किलो गाँजा रहेको कोइरालाले बताए।
प्रहरीले गाँजा र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ। फरार रहेका चालकको भने खोजी तीव्र पारिएको एसपी कोइरालाले बताए। उनका अनुसार चालकको पहिचान खुल्न बाँकी छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

